६ माघ २०८१, आईतवार
मुसिकोट उद्योग वाणिज्य संघद्वारा आउँदो पुस १२ देखि २१ सम्म दोश्रो मुसिकोट महोत्सव गरिने
![](https://resunganews.com/wp-content/uploads/2024/12/received_2620200288174295-scaled.jpeg)
गुल्मी, २१ मंसिर । गुल्मीको मुसिकोट नगरपालिकामा दोस्रो मुसिकोट महोत्सव सञ्चालन गरिने भएको छ । कृषि, पर्यटन एवं साँस्कृतिक क्षेत्रको विकासका लागि मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा उक्त महोत्सव गर्न लागिएको मुसिकोट उद्योग वाणिज्यय संघका अध्यक्ष गोपिकृष्ण खरेलले जानकारी दिनुभएको छ ।
‘कृषि, पर्यटन, जलस्रोत, उद्योग र व्यापार ः मुसिकोटको संमृद्धिको आधार’ भन्ने नारा सहित आउँदो पुस १२ गतेदेखि २१ गतेसम्म मुसिकोट नगरपालिका ७ अन्तरगत वामीटक्सारमा महोत्सव गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि तथा पशुजन्य सामग्रिको पर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरु, विभिन्न जातजातीका लोपुन्मुख कला संस्कृती तथा विद्यालय स्तरीय शैक्षीक सामग्रिहरुको प्रर्दशनी गरिने भएको छ ।
त्यसैगरी महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै स्थानीय रैथाने खानाका परिकारहरु, खुल्ला पुरुष भलिबल प्रतियोगिता, विद्यालय स्तरीय छात्र छात्रा कबड्डी, नगर स्तरीय गायन, नृत्य आईडल एवं खुल्ला लोक दोहोरी प्रतियोगिता लगायत राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुती रहने मुसिकोट उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ज्ञानहरि सापकोटाले बताउनु भयो ।
महोत्सवबाट जिल्लाको कृषि तथा घरेलु उत्पादनको प्रदर्शनीसँगै मुसिकोट नगरपािलका भित्र रहेका विभिन्न ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न थप मद्दत पुग्ने बताईएको छ । मुसिकोट नगरपालिकाका प्रमुख जिबलाल खरेल जीवनले मुसिकोटको दुरगामि विकासका लागि महोत्सवले ठूलो टेवा पुग्ने भन्दै त्यसका लागि नगरपािलकाको तर्फबाट पुर्ण रुपमा साथ सहयोग रहने बताउनु भयो ।
यस महोत्सवबाट स्थानीय उत्पादनले बजार पाउने, कृषि, पर्यटन र संस्कृतिको प्रवर्धनमा टेवा पुग्ने, स्थानीय व्यापारमा वृद्धिहुने, खेलकुदको विकासमा टेवा पुग्ने र समाजमा लुकेर रहेका नव प्रतिभाहरुले अवशर पाउने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा बताईएको छ ।