गुल्मीमा यस वर्ष २४ करोड भन्दा बढीको सुन्तला उत्पादन

admin

२०८१ पुष २६ गते, शुक्रबार २१:०६ मा प्रकाशित

गुल्मी, २५ पुस । गुल्मीमा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा यस वर्ष २४ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तलाको उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत बर्ष २३ करोड बराबरको सुन्तला उत्पादन भएकोमा यस वर्ष उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभएको छ ।

यस वर्ष १३ करोड बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएको कार्यालय प्रमुख धितालले बताउनु भयो । गत बर्ष गुल्मी जिल्लाबाट १२ करोड बराबरको सुन्तला बाहिरि जिल्लामा निर्यात भएको थियो । सुन्तलाको उत्पादन बढ्नुमा नयाँ बोटहरुले फलदिन शुरु गर्नु, समय सयमयमा कृषकरुले सुन्तलालाई उचित मल तथा सिँचाई गर्नु, समस्या देखिएमा तुरुन्तै प्राविधिक सल्लाह लिएर त्यसको उपचारमा लाग्नु जस्ता मुख्य कारणहरु रहेको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना गुल्मीकी प्रमुख गंगा पोख्रेलले बताउनु भएको छ ।

जिल्लामा ९५ प्रतिशत भन्दा बढि सुन्तलाको बगैँचा बिजु बोटका रहेका छन । बिजु बोटका सुन्तलाहरुले लामो समयसम्म फल दिने गर्दछन । तर यहाँका कृषकहरुले परम्परागत रुपमा सुन्तला खेती गर्ने भएका कारण कतिपय अबस्थामा सुन्तलाका फँेद र जरा कुहिने समस्या देखिने गरेको कृषकहरु बताउछन । धुर्कोट गाउँपालिकाका –२ का सुन्तला कृषक शिवलाल खनालका अनुसार सुन्तला बगंैचामा मलखाद र सुक्ष्म तत्वको अभावका कारण पात पहेलो हुने, टुप्पाबाट बोट सुक्दै जाने, फल सानो लाग्ने, फल झर्ने र बोक्रा बाक्लो हुने जस्ता समस्या छ ।

जिल्लाका १२ वटै पालिकामा सुन्तला खेती हुने गर्दछ । १२ पालिकाका अन्र्तगत ३७ वडामा सुन्तलाजात फलफुल जोन कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारा, सत्यवतीको लिम्घा लगायता ठाउँमा सुन्तला खेतीका लागि चक्लाबन्दी समृत गरिएको छ ।

गुल्मीको सुन्तला निकै रसिलो र स्वादिलो हुने भएको कारण बजारमा यहाँको सुन्तलाको राम्रो माग हुने गर्दछ । व्यापारिहरु बुटवल, पाल्पा, अर्घाखाँची लयागतका जिल्लाहरुबाट बगँैचामै पुगेर सुन्तला खरिद गर्न आउँछन । अहिले बजारमा गुल्मीको सुन्तला प्रति केजी ८० रुपैंयादेखि एक सय रुपैयाँसम्ममा बिक्रिहुँदै आएको छ ।

सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जातहरु पहिचान गरि तिनको व्यावसायीकरण गर्न शुरु गरेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ ।

परियोजनावाट सुन्तलाको बगैचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाई र बोटहरु काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख पोख्रेलले जानकारी दिनुभएको छ ।

जिल्लामा सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन ।