१९ बैशाख २०८३, शनिबार
गुल्मीमा ६९ वर्षीय वृद्धको मृत अवस्थामा शव फेला
रेसुंगा समाचारदाता
गुल्मी, ३० असार । गुल्मीको धुर्कोट गाउँपालिकामा एक वृद्धको मृत अवस्थामा शव फेला परेको छ । फेला पर्नेमा जिल्लाको धुर्कोट गाउँपाकिा –१ अन्र्तगत साकिने किमपानी निवासीे ६९ वर्षीय नर बहादुर भुषाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
भुषालको शव सोमबार दिउसो धुर्कोट गाउँपालिका –२ स्थित पिपलधाराको उदिना ठुलाभिरा सिमामा रहेको खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिनुभएको छ । कालो आसकोट, सेतो सर्ट, कालो पाइन्ट, जनै जस्तो देखिने माला र खाली खुट्टा अवस्थामा खोल्सामा घोप्टो परेको अबस्थामा स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउना साथ अहिले ईलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरिक्षक रेवन्त सेनको नेतृत्वमा थप प्रहरी टोली घटना स्थलमा पुगेको सूचना अधिकारी सारुले बताउनु भयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

