४ माघ २०८२, शनिबार
निर्माण व्यावसायी संघ गुल्मीमा हरिकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन
गुुल्मी, ७ भदौ । निर्माण व्यवसायी संघ गुल्मीको नवौं जिल्ला अधिवेशनले हरिकुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । वन निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गगन केसी, उपाध्यक्ष दिधीराम पाण्डेय, महासचिव भागवत गिरी, उप महासचिव भोज प्रसाद श्रेष्ठ, सचिव कृष्णप्रसाद भण्डारी, कोषाध्यक्ष दुर्गाचन्द्र बोहोरा र सह‐कोषाध्यक्षमा नवराज श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा जमुना न्यौपाने, चुराबहादुर खत्री, पदम बिष्ट, बिरेन्द्र भुसाल, राजु कार्की, ओम बहादुर केसी, विजय पन्थी, चेहरसिंह टण्डन क्षेत्री, मधु महर्जन निर्वाचित बनेको निर्वाचन अधिकृत भिम न्यौपानेले जानकारी दिनुभएको छ ।
निर्माण व्यावसायी संघ गुल्मीका अध्यक्ष नारायण पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष बालसिङ् काउछाले निर्माण व्यावसायीहरूको पेशागत संगठनले भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै संघलाई अझ सवल र प्रभावकारी बनाउन सबै एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा लोकतान्त्रिक निर्माण व्यावसायी संघका अध्यक्ष गगन केसी, निर्माण व्यावसायी संगठनका अध्यक्ष धनिश्वर गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनले संघसँग संघमा आवद्ध जनप्रतिनिधिहरूलाई विशेष सम्मान समेत गरेको थियो । संघका नव–निर्वाचित अध्यक्ष हरिकुमार श्रेष्ठले जिल्ला भित्रका सबै निर्माण व्यावसायीलाई एकतावद्ध गर्दै व्यावसायलाई व्यावसायिक, पारदर्शी र उत्तरदायी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संघलाई संस्थागत र सवलीकरण गर्दै निर्माण व्यावसायीहलाई अझ शसक्त र प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।


