धुर्कोटमा संविधान दिवसमा योगदान गर्नेलाई सम्मान

admin

२०८२ आश्विन ३ गते, शुक्रबार १९:४७ मा प्रकाशित

गुल्मी, ३ असोज । गुल्मीको धुर्कोट गाउँपालिकाले पालिकाको विकासमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेको छ । शुक्रबार संविधान दिवसको अवसरमा पालिकाको विकासमा योगदान गर्ने समाजसेवी, शिक्षक, कर्मचारी, पत्रकार, संघ संस्था लगायतलाई सम्मान गरेको हो । गाउँपालिकाले ५० हजार राशिको शहीद शमशेर बहादुर खत्री बर्ष पुरस्कारबाट वडा नम्बर ५ वस्तु निवासी महेन्द्र भण्डारीलाई सम्मान गरेको छ । त्यसैगरी १५ हजार राशिको उत्कृष्ट कृषक तथा पशुपालक बर्ष पुरस्कारबाट वडा नम्बर १ का मीना ताम्राकार र वडा नम्बर ७ का तारापती गिरीलाई सम्मान गरिएको छ । १० हजार राशिको उत्कृष्ट पत्रकारिता बर्ष पुरस्कारबाट अनिता खत्री, सन्तोष महतरा र भरत पाण्डे, १० हजार राशिकै उत्कृष्ट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी बर्ष पुरस्कारबाट धुर्काेट आधारभूत अस्पताल, रामप्रसाद पन्थी, तमकला शर्मा र बाल बहादुर घर्ती क्षेत्री पुरस्कृत भएका छन् । १० हजार राशिकै उत्कृष्ट कर्मचारी बर्ष पुरस्कारबाट ज्ञान बहादुर कार्की, दामोदर घिमिरे, पवित्रा भुसाल, रोशन खनाल, रमेश पाण्डेय, सुजता गिरी, कृष्ण बहादुर पहराई, नारायण पोखरेल, सुरेश शर्मा सम्मानित भएका छन् । त्यसैगरी बिमला कार्की, इश्वरी गिरी, कृष्ण प्रसाद अधिकारी, दिपेन्द्र कुँवर, गीता घर्ती मगर, भेषराज पन्थी, लीला विश्वर्मा र कृष्ण बहादुर थापा पनि उत्कृष्ट कर्मचारी बर्ष पुरस्कारबाट सम्मानित भएका छन् ।

गाउँपालिकाले सबैभन्दा पहिले बालमैत्री वडा घोषणा गर्ने वडा नम्बर १ नयाँगाउँलाई एक लाखसहित सम्मान गरेको छ । त्यसैगरी ७० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्ने वडा नम्बर १ नयाँगाउँ, वडा नम्बर ५ वस्तु र वडा नम्बर ६ रजस्थललाई डेढ लाखसहित सम्मान गरिएको छ । पालिकामा सबैभन्दा बढी राजस्व संकलन गर्ने वडाहरुमध्येबाट वडा नम्बर ५ वस्तुलाई सम्मान गरिएको सूचना अधिकारी प्रेमलाल खनालले जानकारी दिए ।

 

शिक्षण संस्थालाई पाँच लाखसम्म पुरस्कार

 

कार्यक्रमकै अवसरमा विभिन्न परीक्षाहरूमा उत्कृष्ट अंक ल्याउने विध्यालय, विध्यार्थी तथा शिक्षक पनि सम्मानित भएका छन् । पालिकाले उत्कृष्ट शिक्षण संस्थालाई पाँच लाखले सम्मान गरेको छ । कक्षा १२ मा लगातार दोस्रो पटक शतप्रतिशत नजिता ल्याउने नयाँगाउँ माध्यमिक विद्यालयलाई नगद पाँच लाखले सम्मान गरिएको हो । त्यसैगरी एसइईमा शतप्रतिशत नजिता ल्याउने सोमरभोमर मावि र इन्दिरा माविलाई एक लाखसहित सम्मान गरिएको छ । १० हजार राशिको दीर्घ सेवा शिक्षक पुरस्कारबाट भगवती माविका बलाराम पन्थी र गणेश माविका रत्न प्रसाद खनाल सम्मानित भएका छन् । २५ हजार राशिको सहिद खिमविक्रम नेपाली शैक्षिक संस्था पुरस्कारबाट सोमरभोमर मावि र १५ हजार राशिको पुरस्कारबाट जीवन निर्माण प्रावि सम्मानित भएका छन् ।

कक्षा ५ मा सर्वाेत्कृष्ट सिकाई उपलब्धि हाँसिल गर्ने देउराली प्राविका शिक्षक कृतमान पुन मगर र पध्मा कुँवरलाई पाँच हजारले सम्मान गरिएको छ । शैक्षिक सत्र २०८१ मा कक्षा १२ मा पालिका प्रथम हुने नयाँगाउँ माविका विध्यार्थी आशा खत्री, कक्षा १० मा प्रथम हुने हिमालय माविका विध्यार्थी संदेश भण्डारी, कक्षा ८ मा प्रथम हुने वाग्ला माविका विध्यार्थी अप्सना घर्ती र कक्षा ५ मा पालिका प्रथम हुने देउराली प्राविका विध्यार्थी विशाल कुँवर नगद पाँच हजारसहित सम्मानित भएका छन् । कक्षा १२ मा लगातार दोस्रो पटक शतप्रतिशत नतिजा ल्याउने नयाँगाउँ मावि, कक्षा १० मा शतप्रतिशत नजिता ल्याउने सोमरभोमर मावि र इन्दिरा मावि पनि संविधान दिवसको अवसरमा सम्मानित भएका छन् । त्यसैगरी उत्कृष्ट शिक्षक, कक्षा १०, ८ र ५ मा उत्कृष्ट नजिता ल्याउने विद्यार्थी एवं शिक्षकहरुलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले जेन जीको आन्दोलनबाट नयाँ सरकार गठन भएको र आगामी फागुनमा निर्वाचनको लागि सबै लाग्नुपर्ने बताए । त्यसैगरी गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले पालिकाले विकासमा प्रोत्साहन गर्नेलाई सरकारको तर्फबाट हौसला प्रदान गरिएको बता