पहिरोका कारण अवरुद्ध कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अझै सञ्चालनहुन सकेन

admin

२०८२ असार ६ गते, शुक्रबार १९:४६ मा प्रकाशित

रेसुंगा समाचारदाता गुल्मी, ६ असार । वर्षाका कारण पहिरो गएपछि शुक्रबार अपरान्हदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अझै सुचारु हुन सकेको छैन । सडक सुचारु गर्नका लागि स्थानीय गाउँपालिका र निर्माण कम्पनी कालीका कन्ट्रक्सनद्वारा आज बेलुकासम्म पनि सडकमा खसेको पहिरो हटाउने प्रयास भैरहेको छ । सडक कालीगण्डकी गाउँपालिका –१ अन्तरगत गरगरे र रिडी–वामीटक्सार सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थीत सिस्ने भीरमा सडक माथिबाट ठूला चट्टान सहितको पहिरो खसेपछि उक्त दुबै सडकहरु पुर्ण रुपमा अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।

सडकमा ठूला चट्टानका कारण तत्कालै पहिरो पन्छाउन समस्या परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ । पहिरो गएपछि उक्त दुबै सडकमा दिनभर कुनै पनि सवारी साधनहरु सञ्चालनहुन सकेनन् । सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट वामीटक्सार, बुर्तिबाङ्, वाग्लुङ, पाल्पा र बुटवलसम्म आवतजात गर्ने यात्रुहरु अलपत्र परेका छन ।