१३ जेष्ठ २०८३, बुधबार
मुसिकोटमा बाजागाजा सहित धान रोपाइँ
गुल्मी, १५ साउन । गुल्मीको मुसिकोट नगरपालिकामा बाजागाजा सहित धान रोपाइँ गरिएको छ ।
मुसिकोट नगरपालिका -२ स्थित बगुवामा स्वर्गीय कर्ण बहादुर खत्री (केरसिङ) को सम्झनामा उहॅाका छोरा हुकुम केसीले बुबाको सपना पुरा गर्न गाउँका छरछिमेकीलाई निमन्त्रणा गर्दै बाजागाजा सहित धान रोपाइँ गर्नु भएको हो ।
उहाले पुरानो संस्कृति र परम्पराको जगेर्ना गर्दै बुवाको बाजागाजा सहित खेत रोपाइॅ गर्ने अन्तिम सपना पुरा गरेको बताउनु भयो ।
स्थानीयहरू पनि बाजाको तालमा गीत गाउॅदै खेत रोपाइॅमा रमाउॅदै रमाईलो गरेका थिए । बुबाको सपना पुरा गर्न पाउँदा आफुहरूलाई गर्व लागेको छोरा हुकुम कोसीले बताउनु भयो ।
धान रोपाइँ कार्यक्रममा स्वर्गीय खत्रीकी श्रीमती भगवती खत्री, छोराहरू हुकुम र किरण, बुहारीहरू रुपा र सुष्मा, नाति आर्यन, अरोन र एरिक खत्रीको सहभागिता रहेको थियो।
खेतमा बाजागाजासहित रमाइलो वातावरण सिर्जना हुँदा स्थानीय पनि निकै उत्साहित बनेका थिए । बुबाको सपना पुरा गर्न पाउँदा आफुहरूलाई गर्व लागेको छोरा हुकुम केसीले बताउनु भयो ।
उहॅाले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पुरानो संस्कृतिको जगेर्ना गर्न टेवा पुराउने धारणा व्यक्त गर्नु भएको थियो ।

