गुल्मी समाज हङकङद्वारा बाढी प्रभावितका लागि ६ लाख भन्दा बढी सहयोग

admin

२०८३ आश्विन १२ गते, सोमबार १८:५९ मा प्रकाशित

हङकङ संमाचारदाता

गुल्मी समाज हङकङले भोटेकोशी बाढी प्रभावितको राहतका लागि ६ लाख ४९ हजार २९२ रुपैयाँ सहयोग गरेको छ । हङकङ्का रहेका गुल्मेलीहरुद्वारा सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजका अध्यक्ष बाबुराम क्षेत्रीले जानकारी दिनुभएको छ ।

अध्यक्ष खत्रीले विपद्को समयमा आफुहरु जहाँरहे पनि जन्मभूमीमा परेको पीडामा थोरै भएपनि मलम लगाउन र ऐक्यवद्धता जनाउनुपर्छ भन्ने उद्दृश्यले समाजको तर्फबाट उक्त रानो रकम भएपनि सहयोग गरेको बताउनुभयो । गुल्मी समाज हङकङका अध्यक्ष बाबुराम क्षेत्रीको नेतृत्वमा उक्त रकम सङ्कलन गरिएको समाजका सदस्य नरु बुढाथोकीले बताउनुभयो ।

समाजले विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना बेपत्ताको सकुशल उद्धारको कामना गरिएको बुढाथोकीले जानकारी दिनुभयो । समाजले यस अघि पनि विभिन्न प्राकृतिक प्रकोप तथा विपद्को समयमा प्रभावितहरुलाई सहयोग गर्दै आएको बताईएको छ ।

समाजले विगतमा बाढी, पहिरो लगायत विपद्बाट प्रभावित गुल्मीका नागरिक सहित विभिन्न क्षेत्रका पीडितलाई समेत सहयोग गर्दै आईरहेको छ ।