२४ आश्विन २०८१, बिहीबार
प्रहरी कल्याण कोष : नेता र आईजीपीको दुहुनो गाई ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ वर्ष अगाडि प्रहरी कल्याण कोषअन्तर्गत प्रहरी पेट्रोलपम्पमा कार्यरत रहँदा एक करोड ८ लाख ९९ हजार १८४ रुपैयाँ हिनामिना गरेको आरोपमा एक असईलाई पक्राउ गरेसँगै नेपाल प्रहरीको कल्याण कोषभित्र हुने गरेको अथाह भ्रष्टाचारले एकपटक पुनः चर्चा पाएको छ ।
एउटा जुनियर अफिसरले त्यति रकमको भ्रष्टाचार गर्न सक्छ भन्ने कुरा आफैँमा एउटा आश्चर्यको कुरा हुन सक्छ। केही समय अगाडि नेपाल पूर्वप्रहरी संगठनको केन्द्रीय कार्यालय धापासीमा समितिको बैठक चलिरहेको बेला एकजना पूर्वप्रहरी हवल्दार हातमा निवेदन बोकेर उभिएछ्न् । सबैको ध्यान ती पूर्व हवल्दारतिर गएछ ।