३ चैत्र २०८१, सोमबार
गुल्मीको चन्द्रकोटको हुग्दी खोलामा युवतीको नग्न अवस्थामा शव फेला त्र
- गुल्मीको चन्द्रकोटको हुग्दी खोलामा युवतीको नग्न अवस्थामा शव फेला त्र
१७ कात्तिक, गुल्मी । गुल्मी जिललाको चन्द्रकोट गाउँपालिकामा नग्न अवस्थामा युवतीको शब फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडानम्बर ४ को हुग्दी खोला किनारमा नग्न अवस्थामा युवतीको शब फेला जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ( डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।
हिजो दिउसो ११ बजे खेताला लाई सुर्ती लिन गएकी १५ वर्षकी मनिषा रोका घरमा नआएपछि खोजी गर्ने क्रममा नग्न अवस्थामा फेला परेकी हुन् । युवतीको आमाका अनुसार खेत मा धान झाट्दै दाईं लगाने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् ।
इलाका प्रहरी कार्यालय चन्द्रकोटका अनुसार बलात्कार गरेर फालिएको आशंका गरिएको छ ।
। घटनाबारे स्थलगत अवलोकन र अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट (एसपी ) नवीन किशोर प्रधान सहितको टोली घटना स्थल तर्फ लागेको डिएसपी पाण्डेले बताए ।
घटनाको जानकारी अनुसन्धान टोली पुगेपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । मृत फेला परेकी मनिषा रोका चन्द्रकोट ५ धुवाँखर्क निवासी हुन् । उनको परिवार चन्द्रकोट ४ श्रीलंका टोलमा बस्दै आएका थिए ।
उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन ।