बावुराम पन्थीको ‘उकालो चढ्दै छ पिरती’ गीत सर्वाजनिक

admin

२०८० चैत्र १९ गते, सोमबार २०:५३ मा प्रकाशित

अनिल खत्री

१९ चैत, गुल्मी । लोक दोहोरी गायक बावुराम पन्थीको ‘उकालो चढ्दै छ पिरती’ गीत सर्वाजनिक भएको छ । कुनै बेला लोक दोहोरी क्षेत्रमा लगातार लोक दोहोरी गीत सार्वजनिक गरेर चर्चामा रहेका गायक पन्थीको लामो समयको अन्तरालमा अर्को नयाँ गीत सार्वजनिक भएको हो ।

लोक दोहोरी गीत संगीत क्षेत्रमा गायक पन्थीका यश अघिका गीतहरु दर्शक श्रोतामा अझै पनि उत्तिकै नै रुचाइएका छन् । केहि दिन अघि मात्रै सार्वजनिक भएको ‘उकालो चढ्दै छ पिरती’ गीत पनि चर्चामा रहेको छ ।

गायक पन्थी लोक दोहोरी क्षेत्रमा गायकसँगै गीतकार पनि हुन् । उनले आफुले पनि गीत लय शब्द र गाउने गरेका छन् ।

तर यसपटक भने गायक पन्थीले सार्वजनिक गरेको गीतमा स्वर दिएका हुन् । प्रलाद सुवेदीको शब्द रहेको गीतमा बसन्त थापाको लयक रहेको छ ।

गीतमा बावुराम पन्थीको र सुनिता बुढाक्षेत्रीको स्वर रहको छ । गीतमा बैश ओरालो झर्दै गरेका र पिरती उकालो चढ्दै गरेका शब्द भाव रहेको छ ।

माया प्रेममा आधारित पछिल्लो पिडीका युवायुवतीहरुलाई मध्य जनर राखेर तयार गरीएको छ ।

गीतको पुरा भिडियो ।

https://www.youtube.com/watch?v=YUYVn1qxZJQ