२४ आश्विन २०८१, बिहीबार
बैकुण्ठ महतको ‘पुरानो घर’ भिडियोमा हेर्नुहोस्
अनिल खत्री
२१ चैत, गुल्मी । गीतकार एवं गायक बैकुण्ठ महतको ‘पुरानो घर’ सार्वजनिक भएको छ । विभिन्न कारणले जन्म थलो छोडेकाहरु आफनो पुरानो घर फर्किएको कथा वस्तुमा तयार पारिएको लोक गीत सार्वजनिक भएको हो ।
गीतमा मानिसहरु शहर मोहले गाउँ रिक्तो भएको कथा गीतले समाबेश गरेको छ । गाउँ छोडेर बाँझिएका खेत बारि, पुरानो घर फर्किने सन्देश गीतले प्रस्तुत गरेको छ ।
हाम्रो समाजमा अहिले शिक्षा, ब्यापार, रोजगारी, वैदेशिक रोजगारी, गृहयुद्ध जस्ता कारणले जन्मथलो छोड्न बाध्य छन् । तर गीतमा प्यारो जन्म भूमिमा बाँझो बारी जोत्न आउने कुराहरु गीतमा समाबेश छन् ।
गाउँमा दुखः भयो भनेर र रोजगारिको शिलसिलामा प्रदेश पस्नेहरुका कारणले गाउँमा अहिले युवाहरु भेटन पाइदैन । यो गीतले विभिन्न कारणले जहाँ पुगेपनि पुरानो घर पोत्न आउने कुरा उल्लेख गरेको छ ।
कर्मथलोमा गएपछि जसोतसो संघर्ष गरेर स्थापित हुन त सक्दो रहेछ मान्छे, तर कर्मथलो भावना भन्दा कर्मप्रधान वा परिणाम प्रेमी हुँदोरहेछ भन्ने सन्देश गीमा रहेको गायक महतको भनाइ छ ।
कर्मथलोमा जोडेको सम्पति प्राथमिक नभई द्वितीय सौन्दर्यको सम्पति बन्दो रहेछ । त्यसकारण भौतिक मूल्य बढि तर आत्मिक सन्तुस्टि कम भएको अनुभुतिका कारण गीत तयार भएको महतले बताए ।
बालकदेखि बृद्धसम्मको मन जित्ने खालका गीत सृजना गर्ने महतले अहिलेको समाजमा वास्ताविक कथा बस्तुमा तयार भएको ‘पुरानो घर’ गीत ल्याएका हुन् । गायक महतले सृजना गरेका गीतहरुमा देख भक्तिपूर्ण देखि माया प्रेमका कथा बस्तुमा तयार भएका पनि छन् ।
गायक महतले सृजना गरेका गीतहरु अहिले पनि उक्तिकै चर्चामा रहेका छन् । हालै मात्रै सार्वजनिक भएको ‘पुरानो घर’ गीतमा गायक महतकै स्वर, शब्द र लय रहेको छ । गीत बैकुण्ड महतको आफनै युट्युव च्यानबाट सार्वजनिक भएको छ ।
गीतको पुरा भिडियो