३ चैत्र २०८१, सोमबार
पहिरोले पुरेपछि ऐयाँ भन्न पनि नपाई बिलाए एकै घरका पाँच जना

गुल्मी, असार १५ । बेलुकी राती अबेरसम्म सदरमुकाम तम्घासबाट गएको डबल क्याब जीपवाट स्थानीय ब्यापारीहरुको समामान अनलोड गर्ने काममा व्यस्त हुनुहुन्थयो भेष बहादुर विक । उमेरले ५५ वषन्त टेक्दै गर्दा पनि उहाँले परिवारको लागि दैनिक मजदुरी गरि पालनपोषण गर्दै आउनु भएको थियो । बेलुकी अबेरसम्म काम गरेर घर फर्केपछि परिवारसँग सँगै खाना खाएर सुतेका विकको परिवार शुक्रवार राती कहिल्यै न ब्यूँझिनी गरि यो संसारबाट सदाको लागि अस्ताए ।
गुल्मीको मालिका गाउँपालिका ६ स्थीत कँडेलपाटामा शुक्रबार मध्य रातमा ठूलो बर्षा भैरहेको थियो । वर्षा भएपनि सामान्य होला भनेर कसैले पनि त्यति ठूलो पानी पर्ला भन्ने कल्पना समेत गरेका पनि थिएनन् । सायद त्यही सोंचेर होला विकको परिवार पनि दिनभरको कामको थकानका कारण मस्त निद्रामा हुनुहुथ्यो । राती अचानक पहिरो आएर घरसहित सबै बढारेर लग्यो तर सायद उहाँहरु त्यतिबेला मस्त निद्रामा हुनुहुथ्यो होला ।
बिडम्बना बिहान छिमेकी सुर्य बहादुरले उठरे हेर्दा पहिरोले घर पुरेको देख्दा निकै अत्तालिनु भयो । राती पानी परिहरहेको कारण सबै सुतेको र त्यस्तो साह्रै जोखिम ठाउँ नभएका कारण कसैले पनि पहिरो जाला भन्ने कल्पना थिएन । ‘सामान्य पानी परेहोला भन्ने लागेको थियो, त्यस्तो होला भन्ने कसैकोे पनि कल्पना थिएन’ उहाँले भन्नु भयो । ‘शुरुमा हेर्दा त पत्याउन नै सकिन तर एकिन भएपछि हतार हतार गर्दै मोाईल टिपेर वडा सदश्य घनस्याम पराजुलीलाई खबर गरेर जानकारी गराएको हुँ’ सुर्य बहादुरले भन्नु भयो ।
घर माथिबाट झरेको पहिरोका कारण एकै घरका पाँच जनाले सदाको लागि ज्यान गुमाए । ज्यान गुमाउनेमा वर्ष ५५ का भेष वहादुर बिक, नीजकी श्रीमती बर्ष ४८ की सुन्तली बिक, बर्ष २६ की बुहारी सिता बिक, नातीनीहरु बर्ष ८ की सपना विक आठ महिनाकी विपना बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा पुरिएकाहरुको शव बिहान स्थानीय र प्रहरीको सहयोगमा खनेर निकालिएको थियो ।
मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि सनिबार गुल्मी अस्पताल तम्घास ल्याईएको छ । मृतक भेष बहादुरका तीन भाई छोराहरु रोजगारीको सिलसिलामा भारतमा रहेको कारण घटना घटेको जानकारी पाएलगत्तै त्यहाँबाट हिँडिसक्नु भएको छ । आईतबार तीनैभाइ आएपछि मात्र मृतकहरुको दाहसस्कार गरिने वडाध्यक्ष दिपक भण्डारीले बताउनु भयो । मालिका गाउँपालिकाले घटना प्रति गरिहो दुख प्रकट गर्दै सोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । पालिकाले किरिया खर्च लगायत पीडित परिवारलाई पालिकावाट थप आर्थिक सहयोग गर्ने बताएको छ ।
घटना घटेको जानकारी पाएपछि सदरमुकाम तम्घासबाट सनिबार बिहानै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थल पुगि सदरमुकाम तम्घास फर्किसकेको छ ।