२४ आश्विन २०८१, बिहीबार
गायक रामचन्द्र चन्द विशेष सांगीतिक सांझ
रोग बाड्न सकिन्न, दुःख बाड्न सकिन्छ’ भन्ने नाराका साथ लोकप्रीय गायक रामचन्द्र चन्दको एकल सांगीतिक कार्यक्रम आज हुन लागेको छ ।
सांस्कृतिक संस्थान, जमलमा दिउसो १ बजेपछि हुने सांगीतिक साँझ सेवाभावका लागि आयोजना गर्न लागिएको र कार्यक्रमको सबै तयारी पुरा भएको कार्यक्रम संयोजक तथा गायीका मन्जु पौडेलले जानकारी दिनुभयो।
गुल्मीमा जन्मेका गायक चन्दले लोक दोहोरी गीत संगीतको क्षेत्रमा अनवरत प्रस्तुती दिँदै आउनु भएको छ । सुमधुर स्वर र बहुप्रतिभाका धनी गायक चन्दका विभिन्न बिधाका दर्जनौं गीत अहिले पनि उत्तिकै चर्चामा रहेका छन्।
गुल्मी कलाकार समाज, काठमाडौंको आयोजना र गुल्मेली समाज काठमाडौंको सहआयोजनाको हुन लागेको ‘रामचन्द्र चन्द विशेष सांगीतिक तथा विजया दशमी शुभकामना साँझ–२०८१’मा गायक चन्दले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नुहुनेछ ।
स्रष्टा र संस्कृतीको संरक्षणका लागि आयोजित कार्यक्रममा आर्थिक, नैतिक र भौतिक साथ सहयोगको अपिल गर्दै सबैलाई खुला निमन्त्रणा गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो।