पार्टिलाई सुद्धृढ बनाउनु पर्नेमा गुल्मी काँग्रेसको जोड  

admin

२०८१ कार्तिक ७ गते, बुधबार ०८:५६ मा प्रकाशित

गुल्मी, ६ कात्तिक । नेपाली काँग्रेस गुल्मीले संगठनलाई बलियो बनाउन वैचारिक बहसको आवश्यकता रहेको बताएको छ । मंगललबार बीपी स्मृति भवन तम्घासमा आयोजित बैठकमा काँग्रेस सदस्यहरुले पार्टीको हरेक संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई वैचारिक रुपमा बलियो बनाउन जरुरी रहेको बताएका हुन ।

बैठकमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले सम्पूर्ण तहका काँग्रेसका नेता कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट सैद्धान्तिक रुपमा स्पष्ट बनाउन जरुरी रहेको भन्दै पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । प्रदेश उपसभापति श्रेष्ठले कँंग्रेसबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माणसंगै पार्टी संगठनलाई विशेष प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भएको छ । उहाँले काँँग्रेसमा अहिले वैचारिक धार कमजोर बनेको बताउनु भयो ।

बैठकमा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टीलाई बलियो बनाउन सबै तहका नेता कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने भन्दै पार्टीका सबै तहका नेता कार्यकर्ताहरुलाई संगठन निर्माणमा एकताबद्ध भएर लाग्न आग्रह गर्नु भएको थियो ।

बैठकमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटा र महासमिति सदस्य एवम् लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीलाई सम्मान गरिएको थियो ।

नेपाली कांग्रेस प्रशिक्षण शाखा गुल्मीले १२ वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको पार्टि सचिव जगदीश भट्टराईले जानकारी दिनुभएको छ । उहाँले काँग्रेस पार्टीलाई बलियो र सशक्त बनाउनका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनु भएको छ ।