गुल्मी मुसिकोट–१ मा ५७ प्रतिशत मतदान, वडामै मतगणना गर्ने तयारी   

admin

२०८१ मंसिर १६ गते, आईतवार १७:५३ मा प्रकाशित

अनिल खत्री

१६ मंसिर, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि भइरहेको उप–निर्वाचनमा ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् । रिक्त वडाअध्यक्षपदका मतदानमा २ हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत रिषिराम घिमिरेले बताउनुभयो ।

वडामा ४ हजार ५१ जना मतदाता रहेका थिए । अहिले सबै मतदान केन्द्रबाट मत पेटीका मतगणना हुने स्थल पौदीअमराई वडा कार्यालयमा ल्याइदैछ ।

मतपेटीकाहरु सवै ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना आजै गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । त्यसका लागि पनि गणना स्थल पौदीअमराईमा तयारी गरि सकिएको छ ।

वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको थियो । वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् ।