२७ माघ २०८१, आईतवार
रेसुंगा नगरपालिकाद्वारा विद्यालयहरुमा अभिभावक शिक्षा कार्यक्रम

गुल्मी २६ पुस । गुल्मीको रेसुंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा रेसुंगा नगरपालिकाका भित्रका माध्यमिक विद्यालयहरुमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाले उपल्लो तम्घास माध्यमिक विद्यालय र भाडगाउँ माध्यमिक विद्यालयबाट अभिभावक शिक्षा कार्यक्रम सुरु गरिएको सामाजिक विकास समिति संयोजक तथा वडा नं.४ का वडाअध्यक्ष लिलाधर आचार्यले जानकारी दिनु भएको छ ।
अभिभावकहरुलाई प्रत्यक्ष रुपमा भेला गराई उनीहरुलाई शिक्षा दिन थालिएको आचार्यले बताउनुभयो । “बालबालिकाहरुको पहिलो पाठशाला घर हो । घरमा बालबालिकहरुसँग कस्तो व्यवहार गर्ने भनेर अभिभावकहरुलाई प्रशिक्षित गरिहेका छौं ।” आचार्यले भन्नु भयो,–“आफ्ना नानीबाबुहरुलाई कसरी संस्कारयुक्त, अनुशासित, अब्बल नागरिक बनाउने भन्ने विषयमा अभिभावकहरुलाई उत्प्रेरित गरिरहेका छौं ।” बालबालिकाहरुको नकरात्मक व्यवहार हटाई सक्षम, अनुशासित नागरिक तयारका लागि यो कार्यक्रमले सघाउ पु¥र्याउने आचार्यले बताउनु भयो ।
सरल भावना, सहयोगी भावना, आदर, सत्कार, जस्ता विषयहरुमा अभिभावकहरुलाई पप्रत्यक्ष रुपमा प्रशिक्षण गरीएको छ । सामाजिक विकास समिति संयोजक आचार्यका अनुसार हालसम्म १० वटा माध्यमिक विद्यालयहरुमा उक्त कार्यक्रम गरिएको छ । सोही कार्यक्रम अन्र्तगत शुक्रबार जिल्लाको सदरमुकाममा स्थीत सिद्धबाबा माध्यमिक विद्यालय र महेन्द्र नमुना माध्यमिक विद्यालयमा पनि उक्त कार्यक्रमक गरिएको थियो ।
स्टीम एजुकेटर नविन मरासिनीले अभिभावकहरुलाई प्रशिक्षण दिइरहनु भएको छ । बालबालिकाहरुमा सकारात्मक सोंच विकासका लागि घरपरिवारमा कस्तो वातावरण बनाउने, विद्यार्थीहरुलाई घरमा गृहकार्य गराउँदा अभिभावकहरुले गर्ने सक्ने सहयोग र देखाउनुपर्ने आचारणका विषयमा प्रशिक्षित गरेको मरासिनीले बताउनु भयो । “बालबालिकाले घरमा पढिरहेको छ भने, अभिभावकहरुले पनि त्यस्तै प्रकारको व्यवहार उनीहरुको अगाडी देखाउनुपर्छ ।” उहाँले भन्नु भयो ।
विद्यार्थीहरुलाई स्वावलम्बी बनाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ उनीहरुका अभिभावकहरुलाई शिक्षा प्रदान गरिएको उहाँको भनाइ छ । अभिभावक शिक्षा कार्यक्रम सञ्चालन भएसँगै अभिभावकहरु पनि उत्साहित भएका छन् । आगामी दिनमा पनि अभिभावक शिक्षा सञ्चालन गर्नुपर्ने उनीहरुको माग रहेको छ । भगवती मावि, र राङबास माविमा पनि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने बताईएको छ ।
आचार्यका अनुसार हालसम्म जनसहयोग मावि भुवनपानी, बुद्ध मावि अर्खले, रेसुंगा मावि धागीथुम, महेन्द्र मावि तम्घास, सिद्धबाबा मावि खानीगाउँ, त्रिभुवन मावि रातमाटा, जनविकास मावि पराल्मी, भाडगाउँ मावि भाडगाउँ, उपल्लो तम्घास मावि उपल्लो तम्घास, घोर्ले मावि दुविचौरमा अभिभवक शिक्षा कार्यक्रम सञ्चालन गरिएको बताईएको छ । उक्त कार्यक्रममा सामाजिक विकास समिति संयोजक आचार्यको प्रमुख आतिथ्यता रहेको शिक्षा शाखाका राममणि पन्थीले बताउनु भयो ।