३ चैत्र २०८१, सोमबार
स्थानीय सरकार जनताको असल अभिभाव हो ः भुसाल

गुल्मी, २२ फागुन । लुम्बिनी प्रदेशका प्रदेश सभा सदश्य डिल्लीराज भुसालले स्थानीय सरकार जनताको असल अभिभाव भएको बताउनु भएको छ । उहाँले जनताका ससाना समस्याहरु नजिकबाट हेर्ने भनेको स्थानीय सरकार भएको हुँदा स्थानीय सरकार प्रति नागरिकहरुको अपेक्षा बढ्दै गएको बताउनु भयो ।
गुल्मीको मुसिकोट नगरपालिकाको आठौं नगर स्थापना दिवशको बिहिबार उद्घाटन गर्दै प्रदेश सभा सदश्य भुसालले हरेक नागरिकका गुनासा र समस्याहरुलाई जनप्रतिनिधिहरुले सहज तरिकाबाट सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयोे । उहाँले राज्यले सिंहदरबारको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरेको भन्दै बजेटले भ्याएसम्म जनतालाई दिने सेवामा कसैले पनि कन्जुस्याई गर्न नहुने बताउनु भयो ।
पछिल्लो समयमा स्थानीय सरकार प्रति जनअपेक्षा धेरै बढेको भन्दै प्रदेश सभा सदस्य भुसालले बजेटको अभावमा कम साधन र स्रोतको प्रयोग गरी मितव्यी तरिकाले विकास निर्माणलाई अघि बढाउनु पर्ने बाध्यत्मक अबस्था सृजना भएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’, पुर्व नगर प्रमुख सोमनाथ सापकोटा, उप प्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी लगायतले मुसिकोट नगरपालिकाको संमृद्धि र विकासको लागि सबैसँग सधै सकारात्मक सल्लाह र सुझाबको अपेक्षा गरेको बताउनु भएको थियो ।
आठौं नगर स्थापना दिवशको अवशरमा मुसिकोट नगरपालिकाद्वारा विभिन्न खेल तथा नृत्यहरुमा उत्कृष्टहुने खेलाडी, कर्मचारी तथा विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको नगरपालिकाका नासु बिष्णुप्रसाद खरेलले जानकारी दिनुभयो । नगर दिवशको अवशरमा बिहिबार स्थानीय जनप्रतिनिधि, कर्मचारी, संघ संस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक शिक्षीका तथा स्थानीयहरुको सहभागितामा बाजागाजा, भजनर्कितन र विभिन्न झाँकीहरु सहित बजार परिक्रमा गरिएको थियो ।