८ जेष्ठ २०८२, बुधबार
गुल्मी महोत्सवमा सान्तारानीको बेजोड प्रस्तुतीले दर्शक ततायो

गुल्मी, १३ वैशाख । गुल्मी चेम्बर अफ कमर्शकोे आयोजनामा गुल्मीको सदरमुका तम्घासमा सञ्चालन भएको दोश्रो गुल्मी महोत्सवको नबौं दिनमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ । महोत्सव शुरु भएदेखि सनिबार अत्यधिक मात्रमा गाउँगाउँवाट आएका दर्शकहरुको उपस्थितिले महोत्सव स्थल बेलुकी अबेरसम्म पनि खचाखच भरिएको थियो ।
सनिबारको महोत्सवमा पछिल्लो समयमा मत ढलेढले भन्ने गीतबाट एकाएक चर्चामा आएकी कलाकार सान्तारानी परियारको प्रस्तुतिले दर्शकहरुलाई निकै तताएको थियो । शान्तारानीले महोत्सवमा दर्शक स्थलमै पुगेर प्रस्तुती दिँदा सबै दर्शकहरुले उनको गीतसँगै झुम्मीरहेका देखिन्थे । उनले गाएका गीतहरु मध्य अहिले चर्चाको शिखरमा रहेकोे मत ढलेढले भन्ने गीत दर्शकहरुले सबै भन्दा बढी मन पराएका थिए ।
महोत्सवमा कलाकार पुष्कल शर्माको समेत उत्कृष्ट प्रस्तुती रहेको थियो । जिल्लामा आर्थिक गतिविधिलाई चलायमान बनाउदै, स्थानीय कला संस्कृतिको जगेर्ना र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले गुल्मी चेम्बर अफ कमर्शकोे आयोजनामा वैशाख ५ देखि १७ गतेसम्म दोस्रो गुल्मी महोत्सव सञ्चालन भैरहेको छ ।
‘गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र ब्यापार’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा एक लाख दर्शकहरुले अवलोकन गर्ने र ३० करोड बराबराको आर्थिक कारोवारहुने अपेक्षा गरिएकोे गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताउनु भयो । पछिल्लो समयमा जिल्लामा आर्थिक गतिविधि न्यून हुँदै गईरहेको अबस्थामा बजार चलायमान बनाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको पाण्डेले बताउनु भयो ।
महोत्सवमा स्थानीय कृषि उपजदेखि घरेलु उत्पादनका सामग्रिहरु स्थानीय रैथाने खानाका परिकारहरु, जिल्लाका विभिन्न हस्तकलाका सामग्रिहरु प्रर्दशनीमा राखिएको छ । महोत्सवले जिल्लाको लोक सँस्कृति, स्थानीय परम्परा र पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताईएको छ । महोत्सवमा दैनिक रुपमा स्थानीय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको छ ।