चन्द्रकोटको पर्यटन प्रवद्र्धनका लागि रेमीमा अन्तरक्रिया

admin

२०८२ जेष्ठ १२ गते, आईतवार १७:३० मा प्रकाशित

रेसुंगा समाचारदाता

गुल्मी, ११ जेठ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकरा र सरोकावाला बीच अन्तरक्रिया गरिएको छ । चन्द्रकोट गाउँपालिका भित्र रहेका पर्यटकीय गन्तव्यहरूको परिचयात्मक एवं प्रबद्र्धनात्मक कार्यक्रम अन्तरगत उक्त कार्यक्रम सञ्चालन गरिएको हो । त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनका संभावना, पहिचान एवं दिगोपनाको विषयमा सरोकारवालाहरु बीच अन्र्तक्रिया गरिएको थियो ।

चन्द्रकोट गाउँपालिका तथां गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डको सहयोगमा चन्द्रकोट –४ स्थीत रेमीमा उक्त कार्यक्रम सञ्चालन गरिएको होे । पालिका भित्रका पर्यटकीय गन्तव्यहरूको महत्वको बारेमा पहिचान गराउने र तिनीहरुको संरक्षण र संबद्र्धन केकसरी गर्न सकिन्छ भन्ने उद्देश्यले रेमीको टिमुरे सामुदायिक होमस्टेमा उक्त कार्याक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, पर्यटन प्रबद्र्धन मञ्च नेपालका अध्यक्ष शकुन्तला देवकोटा, चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका प्रमुख सल्लाहकार एवं पर्यटनविद डाक्टर प्रेम शर्मा लगायतले पर्यटन क्षेत्रको विकास र महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा स्थानीयवासी, राजनैतिक दल, जनप्रतिनिधि, विभिन्न संघ संस्था, होम स्टे सञ्चालक एवं कर्मचारीहरुको सहभागिता रहेको थियो । सोही अवशरमा पालिका भित्र उत्पादन भएका रैथाने बस्तुहरु तथा विभिन्न साँस्कृतिक झाँकी एवं नृत्य प्रर्दशन गरिएको थियो ।