“भुँडी घटाउ” अभियानद्वारा रेसुंगाको गर्जुरा क्षेत्रमा सरसफाई

admin

२०८२ श्रावण ११ गते, शनिबार २१:३९ मा प्रकाशित

“भुँडी घटाउ” अभियानद्वारा रेसुंगाको गर्जुरा क्षेत्रमा सरसफाई

 

रेसुंगा समाचारदाता

गुल्मी, १० साउन । धार्मिक एवं पर्यटकिय दृष्टिले महत्वपूर्ण रेसुङ्गा क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिएको छ । सनिबार “भुँडी घटाउ” अभियानको पहलमा उक्त रेसुंगाको गर्जुरा क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो ।

लाकुरी चैपारीदेखि गर्जुरा क्षेत्रसम्म पानीको भलले सडक खोल्दा निस्किएको गिट्टीका कारण यात्रु र सवारी साधनलाई दिनहु यात्रामा कठिनाइ भोग्नु परेको थियो । सोही गिट्टीमा हालचालै मोटरसाईकल अनियन्त्रित हुँदा लडेर एक युवक सक्त घाईते बनेका थिए ।

धार्मिक तथा पर्यटकिय क्षेत्र सफा राख्नु सबै नागरिकहरुको कर्तव्य भएको र त्यही कर्तव्य अनुसार आफुहरुले पनि सामाजिक उत्तरदायीत्व वहन गरेको “भुँडी घटाउ” अभियानका संयोजक शेर बहादुर थापाले बताउनु भयो ।

साउन महिनामा रेसुंगा क्षेत्रमा जाने धार्मिक पर्यटकहरुको अत्यन्तै भिडभाड हुने गर्दछ । रेसुंगा क्षेत्रमा रहेको पोखरीमा स्नान गर्न र यज्ञशालमा पुगेर पुजाआजा गर्न जाने श्रद्धालहुरुलाई सरसफाई अभियानले सडक झनै राम्रो बनाउनुका साथै यात्रालाई थप सुरक्षीत समेत बनाएको छ ।