८ बैशाख २०८३, मंगलवार
नख्खु कारागारबाट फरार कैदीबन्दी गुल्मीमा पक्राउ
गुल्मी, २८ असोज नख्खु कारागारबाट फरार बनेका कैदीबन्दी गुल्मीबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको धुर्कोट गाउँपालिका–७ थेप्चे निवासी ३६ वर्षीय भरत भन्ने साजन अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक दीपक शाहको नेतृत्वमा खटिएको टोलीले मंगलबार अर्याललाई घरबाटै प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारूले जानकारी दिनुभएको छ ।
पक्राउ परेका अर्याललाई आवश्यक कानूनी कारबाहीका लागि कारागार कार्यालय तम्घास ल्याइएको छ । अर्याल जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका अर्याल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएको प्रहरीले जनाएको छ ।

