२४ आश्विन २०८१, बिहीबार
स्थानीयतहमा चुनौती र अवशर दुवै छन ः नेता भण्डारी
गुल्मी, २६ भदौ । नेपालि काँग्रेसका नेता एवं केन्द्रिय सदश्य डा. चन्द्र भण्डारीले स्थानीय तहका जनप्रतिनिधिहरुलाई जनताको भावनालाई बुझेर काम गर्न आग्रह गर्नु भएको छ । उहाँले स्थानीय तहमा विकास निर्माणको काममसँगै शुसासन कायम गर्न अझ सक्रिय बनेर लाग्नुपर्ने बताउनु भयो । सासंद एवं केन्द्रिय सदश्य भण्डारीले जनप्रतिनिधिहरुलाई आफ्नो कार्यकुशलाता देखाउने अवशरसँगै चुनौति पनि थपिएको बताउनु भएको थियो ।
जिल्ला सदरमुकाम तम्घासमा आजदेखि शुरु भएको वार्षिक प्रगति समिक्षा बैठकको उद्घाटन गर्दै नेता भण्डारीले उक्त कुरा व्यक्त गर्नु भएको हो । पछिल्लो समयमा जनतामा आशा र भरोसा टुट्दै जानथालेको अबस्थामा वर्तमान सरकार त्यसलाई चिर्दै जनतालाई विकासका नविनतम योजनाहरुसँग जोडेर अगाडि बढ्न थालेको बताउनु भयो ।
निकै ठूलो मेहनत गरेर जिल्लामा ल्याएको बजेटलाई निर्माण व्यावसायीहरुले समयमा काम नगरिदिँदा करोडांैका योजनाहरु अलपत्र परेको बताउनु भयो । कार्यक्रममा बोल्दै सांसद एवं केन्द्रिय सदश्य भण्डारीले संविधान निर्माण गर्दा आफुले स्थानिय तहलाई दलबाट निर्वाचित जनप्रतिनिधि राख्न नहुने बताएको उल्लेख गर्नु भयो । उहाँले जनताको नजिकको सरकार कसैको दलको नभई जनताको हुनुपर्ने राय राखेको भएपनि त्यो बेला उक्त कुरा सुनुवाईहुन नसकेको बताउनुभयो ।
केन्द्रिय सदश्य भण्डारीले पालिकाहरुले आफ्ना प्रशासकीय भवन निर्माण गर्दा आफ्नै मौलिक शैलीमा बनाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै अब बन्ने भवनमा मौलिकता झल्किने गरि स्थानिय श्रोत साधनको प्रयोग गरी निर्माण गर्न सुझाव समेत दिनुभएको थियो । वहाँले संविधान निर्माण गर्दा महिला, दलित र सिमान्तकृत वर्गलाई खास स्थान दिएकाले आज जनप्रतिनिधिहरु प्रतिनिधिमुलक रहेको उल्लेख गर्नु भयो ।
जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा बुधबारदेखि सुरुभएको बैठकको पहिलो दिन स्थानीय पालिकाहरु र दोश्रो दिन जिल्ला स्थित विभिन्न कार्यालयहरुद्वारा गत आर्थिक वर्षमा भएगरेका कार्यप्रतिको समिक्षा गरिने जिल्ला समन्वय समितिका प्रमुख द्रोर्ण खत्रीले जानकारी दिनु भयो । कार्यक्रममा जिल्लाका सबै पालिकाका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकिय अधिकृतहरु तथा सरकारी कार्यालय प्रमुख, एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ ।