उपाध्याय र सापकोटाको पहलमा विद्यार्थीहरुलाई पोशाक बितरण 

admin

२०८१ माघ ६ गते, आईतवार १६:०९ मा प्रकाशित

गुल्मी, ६ माघ । पछिल्लो समयमा समाजमा सहयोग र परोपकारका कामहरु गर्ने मानिसहरुको संख्या विस्तारै कमहुँदै जान थालेको छ । तर गुल्मीमा भने त्यस्तो अबस्था देखिदैन । आफ्नो पेशा र कर्म एकातिर भएपछि केही त्यस्ता व्यक्तिहरु प्नि छन जसको मन सधै सामाजिक कार्यमा देख्न सकिन्छ ।

यस्तै मनकारी व्यक्तिहरुको पहलमा गुल्मीको मुसिकोट नगरपालिका ं–२ अन्तरगत रहेका दुईवटा विद्यालयहरुमा विद्यार्थीहरुलाई निशुल्क रुपमा पोशाक बितरण गरिएको छ । नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय र मुसिकोट नगरपालिका –५ निवासी युवा समाजसेवी गंगाराज सापकोटाको पहलमा रातचौर स्थित गंगा प्राथमिक विद्यालय र झरुवा बालविकास केन्द्रका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

उपाध्याय र सापकोटा द्वयको पहलमा गंगा प्राथमिक विद्यालयका १९ जना र झरुवा बाल विकास केन्द्रका १७ जना गरी दुइ विद्यालयमा अध्ययनरत ३६ जना छात्रछात्राहरुलाई उक्त पोशाक वितरण गरिएको गंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक कौरब खत्रीले जानकारी दिनुभएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सापकोटाको उपस्थितिमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको खत्रीले बताउनु भयो ।

उक्त विद्यालयमा अधिकांश कुमाल समुदाय र विपन्न परिवारका बालवालीकाहरु अध्ययनरत छन । जाडोको समयमा वालवालीकाहरुका लागि केही भएपनि राहत पुगोस भन्ने उद्देश्यले सामाजिक अभियान्ता एवं नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायको समन्वय एवं अमेरीकाको टेक्सासमा रहनुहुने सामाजिक व्यक्तित्व भोजराज भट्टको सहयोगमा वालवालीकाहरुका लागि विद्यालय पोशाक वितरण गरिएको समन्वयकर्ता गंगाराज सापकोटाले बताउनु भयो ।

विद्यालयमा आएर यसरी पोशाक पाउँदा विद्यार्थीहरु पनि निकै खुसि बनेका छन । कार्यक्रममा वडाध्यक्ष रबिन्द्र केसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक केसी लगायत विद्यालयका शिक्षक एवं शिक्षीकाहरुको समेत सहभागिता रहेको थियो ।