५ बैशाख २०८३, शनिबार
गुल्मीको धुर्कोटमा पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
गुल्मी, १५ असार । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा –१ को नयाँगाउँलाई आज एक विशेष समारोहका बीच औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले वडालाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नु भएको थियो । घोषणा कार्यक्रमममा उहाँले पूर्वाधार विकासले मात्र मानव विकास सम्भव नहुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा बालमैत्री कार्यक्रमहरूमा ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो ।
सोही अवसरमा गाउँपालिकाको तर्फबाट अध्यक्ष भुपाल पोख्रेलद्वारा वडा कार्यालयलाई रु एक लाख नगदसहित सम्मान गरिएको थियो । पालिका अध्यक्ष पोख्रेलले बालमैत्री स्थानीय शासन लागू गर्नु चुनौतीपूर्ण काम भए पनि पालिकाले यस अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश तथा संघ सरकारले शिक्षामा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै अहिलेको लगानी पर्याप्त नरहेको टिप्पणी गर्नुभएको थियो ।
वडा कार्यालयले ५१ वटा आवश्यक सूचकहरू पुरा गरेपछि मात्र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताउनु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता गिरी, शिक्षा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी लगायतका व्यक्तिहरूले शुभकामना व्यक्त गर्दै वडाको यो उपलब्धि निकै सराहनीय भएको बताउनु भएको थियो ।
वडा कार्यालयको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा वडाध्यक्ष चेतमान कुँवरले सबैको निरन्तर मेहनत र प्रयासले जिल्लामा ९३ वडाहरुमा धुर्कोटको नयाँगाउँ पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सफल बनेको भन्दै यो सबैका लागि खुसिको खबर भएको बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा गीत, नाटक एवं नृत्यहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका वडाध्यक्षहरु सहितका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा संघ संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।लमसनयुक्त वडा घोषणा गुल्मी, असार १५ – गुल्मी जिल्लाको धुर्कोट लिकामा पहिलो पटक स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। धुर्कोट गाउँपालिका–१ लाई आज एक विशेष समारोहका बीच औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो। वल लमैर्यरूमा ध्यान दिनुप सो अवसरमा वडा नं १ लाई गाउँपालिकाको तर्फबाट रु एक लाख नगदसहित सम्मान गरिएको छ। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बालमैत्री स्थानीय शासन लागू गर्नु चुनौतीपूर्ण कार्य भए पनि पालिकाले यस अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रदेश तथा संघ सरकारले शिक्षामा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै अहिलेको लगानी पर्याप्त नरहेको टिप्पणी गर्नुभयो। बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न ५१ वटा आवश्यक सूचकहरू पुरा गरिएको जानकारी गराइएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता गिरी, शिक्षा समन्वय समितिका प्रमुख थानेश्वर घिमिरे, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी लगायतका व्यक्तिहरूले शुभकामना व्यक्त गर्दै वडाको यो उपलब्धि सराहनीय भएको बताए। समारोहमा गाउँपालिका अध्यक्षसहित सम्पूर्ण जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक(शिक्षिका, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति र
भ्लतभच

