२३ कार्तिक २०८३, आईतवार
शाखा अधिकृतमा गुल्मीका १० जना उत्तीर्ण
गुल्मी, २२ कात्तिक । लोक सेवा आयोगद्वारा सञ्चालित निजामती सेवाको शाखा अधिकृत पदको परीक्षामा गुल्मी जिल्लाका १० जना उत्तीर्ण भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहका स्थायी बासिन्दा रहेका उनीहरुले लोक सेवाको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्न सफ लबनेका हुन ।
शाखा अधिकृतमा उत्तीर्ण हुनेमा रुरुक्षेत्र गाउँपालिका–४ की प्रतिमा ज्ञवाली, इस्मा गाउँपालिका–५ का विपिन घिमिरे, मुसिकोट नगरपालिका–१ का रणबहादुर थापा, धुर्कोट गाउँपालिका–४ का विनोदप्रसाद पोख्रेल र निर्मला पोख्रेल रहेका छन् ।
त्यसैगरी धुर्कोट गाउँपालिका–६ का सुशील खत्री, मालिका गाउँपालिका–४ की लक्ष्मी अर्याल, इस्मा गाउँपालिका–४ की गोमा बस्नेत, रेसुङ्गा नगरपालिका–२ का प्रकाश पन्थी र मदाने गाउँपालिका–२ का प्रकाश भुसाल पनि उत्तीर्ण भएका छन् ।
परीक्षामा जिल्लाका १० जनाले सफलता हासिल गरेपछि सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम बढेको छ । उनीहरुको सफलताले निजामती सेवामा प्रवेशका लागि तयारी गरिरहेका अन्य युवालाई समेत थप उत्साहित बनाएको छ । लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा अन्य जिल्लाहरुको तुलनामा निजामती सेवामा प्रवेश गर्नेहरुमा गुल्मी जिल्ला पनि अग्र स्थानमा रहेको छ ।

